logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • यी हुन् २२ लाखदेखि ४६ लाख रुपैयाँसम्म पर्ने टाटाका इभि गाडीहरू, कुन मोडेललाई कति पर्छ ?

    यी हुन् २२ लाखदेखि ४६ लाख रुपैयाँसम्म पर्ने टाटाका इभि गाडीहरू, कुन मोडेललाई कति पर्छ ?

    2.8K
    Shares
    यी हुन् २२ लाखदेखि ४६ लाख रुपैयाँसम्म पर्ने टाटाका इभि गाडीहरू, कुन मोडेललाई कति पर्छ ?

    काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाका बहुप्रतिक्षित गाडीहरू टाटा टियागो इभि र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    राजधानीको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा मङ्गलबारदेखि सुरु भएको १५औँ संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’मा यी उत्पादनहरूको बिक्री वितरण सुरु गरेको हो ।

    अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभिमा पाँचवटा मुख्य बिशेषताहरू रहेका छन् । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायिता रहेका छन् ।

    क्रुज कन्ट्रोल सहितको टियागो इभिमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरू रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरियर आकर्षक रहेको छ ।

    यस टियागो इभि सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ भने अन्य भेरियन्टहरूको मूल्य यसप्रकार रहेको छ ।

    यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेन्ज ४५३ किलोमिटर रहेको छ ।

    टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरू भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी-लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरू छन् । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरूवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।

    त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेन्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरू हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नयाँ युग सुहाउँदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरूको बद्लिदो इच्छा एवं
    आकांक्षाहरूको परिपूर्ति गर्दछ ।

    टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रूपमा पनि परिचित छ । टियागो इभीको बजार पन्च पियोर ३३ लाख ९९ हजार, पन्च एडभेन्चर एमटी ३७ लाख ४९ हजार रुपैयाँ, पन्च एकोमप्लिस्ड एमटी ४० लाख ४९ हजार रुपैयाँ र पन्च क्रियटिभ एमटीलाई ४३ लाख ४९ हजार रपैयाँ तोकिएको छ ।

    नाडा अटो सो को पहिलो दिनमा टाटाले ग्राहक एवम मिडियाहरूबाट अपेक्षा गरे भन्दा बढी साथ र समर्थन पाएको कम्पनीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend