logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • हेटौंडामा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा ४ जना पक्राउ

    हेटौंडामा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा ४ जना पक्राउ

    2.8K
    Shares
    हेटौंडामा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा ४ जना पक्राउ

    मकवानपुर । हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीलाई चार जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान छन् ।

    सोही अस्पतालमा प्रारम्भिक उपचार गरी रेफर गरिएका ४१ वर्षीय राजेश प्रधानको साउन २५ गते चितवनमा उपचाररत अवस्थामै मृत्यु भएको विषयलाई लिएर सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट भएको थियो ।

    ड्युटीमा रहेको चिकित्सकमाथि अस्पतालभित्रै कुटपिट भएको विरोधमा चिकित्सकहरुले चरणबद्ध आन्दोलनको चेतावनी दिएका थिए ।

    प्रहरीले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक प्रधानकै परिवारका चार सदस्यलाई पक्राउ गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend