logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • भुत बंगला बन्दै गेटा मेडिकल कलेज कैलालीका भवन, डाक्टर उत्पादन गर्ने सपना अधुरै

    भुत बंगला बन्दै गेटा मेडिकल कलेज कैलालीका भवन, डाक्टर उत्पादन गर्ने सपना अधुरै

    7.6K
    Shares
    भुत बंगला बन्दै गेटा मेडिकल कलेज कैलालीका भवन, डाक्टर उत्पादन गर्ने सपना अधुरै

    काठमाडौँ । कैलालीको गेटामा पाँच अर्ब बढीका भौतिक संरचनाहरु तयार छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच अर्ब बढी खर्चेर चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारेको हो ।

    गेटामा प्रशासनिक भवन, अस्पताल भवन, प्रयोगशाला तथा चिकित्सा शिक्षा अध्यापनका लागि भवन तयार छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पूर्वाधार विकास समितिले छात्रावास भवन तथा आवासका लागि समेत भवन निर्माण गरेको छ । प्रशासन तथा अस्पतालका लागि आवश्यक फर्निचरसमेत गरिद गरिएको छ ।

    पाँचवटा ठेक्का मार्फत थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम भने जारी छ। विद्युत् लाइन विस्तारको कामसमेत पूरा भएको छ । सडक, खानेपानी र पखार्ल निर्माणको काम जारी छ ।

    गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका तत्कालिन निर्देशक हेमराज पुजाराले पुजीगत बजेट ३० करोड बजेट रहेको बताए । पूर्वाधार विकास समिति मार्फत गेटामा दुई अर्ब २० करोडका भौतिक संरचना निर्माणको काम जारी छ । हाल गेटामा चारवटा ठेक्का मार्फत सडक, खानेपानी, पर्खाल तथा भवन निर्माणको काम जारी छ ।

    ८ किलोमिटर सडक निर्माणका लागि ३६ करोड, ओभरहेड ट्यांकीसहितको खानेपानी विस्तारका लागि २२ करोड, पर्खाल तथा नर्सिङ छात्रावास र चारवटा आवास निर्माणका लागि ४२ करोड र सातवटा भवन निर्माणका लागि ८५ करोडमा ठेक्का सम्झौता गरिएको छ । विद्युत् लाइन विस्तार तथा जडानका लागि ३५ करोडको काम भने पूरा भएको छ ।

     

    चारवटा ठेक्काको काम पूरा गर्न अझै एक आर्थिक वर्ष लाग्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४१ दरबन्दी स्वीकृत गर्दै अस्पताल सञ्चालनको तयारी अघि बढाएका बेला पूर्वाधार विकास समिति भने नेतृत्व विहीन छ । संरचना तयार हुँदा पनि मेडिकल कलेज सञ्चालनको विषयमा भने हालसम्म कुनै सुरसार भएको छैन । जसका कारण सुदूरपश्चिमबाट चिकित्सक उत्पादन गर्ने सपना अधुरै रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend