logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जघन्य अपराध गर्नेलाई संविधान दिवसमा उन्मुक्ति दिन बन्द गरौं भन्दै गर्जिए रवि लामिछाने

    जघन्य अपराध गर्नेलाई संविधान दिवसमा उन्मुक्ति दिन बन्द गरौं भन्दै गर्जिए रवि लामिछाने

    4K
    Shares
    जघन्य अपराध गर्नेलाई संविधान दिवसमा उन्मुक्ति दिन बन्द गरौं भन्दै गर्जिए रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएका छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा उनले संविधान जारी भएको खुशियाली मनाउनुपर्ने दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

    ‘नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा, संविधान जसलाई लिएर यो देशले आशा, भरोसा गरेको छ । त्यतिधेरै लगानी गरेर हामीले संविधान बनाएको दिनको मौका छोपेर जुन काम सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट हुन गयो राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको घोर विरोध गर्न चाहन्छ’, उनले भने ।

    सभापति लामिछानेले जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति दिने प्रणालीको अन्त्य गर्न पनि माग गरे । ‘जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली बन्द गर्न म जोडदार माग गर्दछु’, उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend