logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • चीन प्रवेश गर्ने पास बनाउनका लागि सम्बन्धित पालिकाका नागरिकलाई आग्रह

    चीन प्रवेश गर्ने पास बनाउनका लागि सम्बन्धित पालिकाका नागरिकलाई आग्रह

    3.7K
    Shares
    चीन प्रवेश गर्ने पास बनाउनका लागि सम्बन्धित पालिकाका नागरिकलाई आग्रह

    मुस्ताङ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले चीन प्रवेश गर्ने पास बनाउनका लागि सम्बन्धित पालिकाका नागरिकलाई आग्रह गरेको छ ।

    मुस्ताङमा १८ देखि ३३ नम्बरसम्म पिलर छ । त्यसमध्ये २४ नम्बर पिलरबाट मात्रै औपचारिक आउजाउ हुन्छ । कोरोनाको समयदेखि ठप्प रहेको यो नाका खोल्ने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला भैसकेको छ । अहिले नाका खुल्नुअघि नै सम्बन्धित व्यक्तिहरुलाई पासको व्यवस्था गर्न लागिएको हो ।

    मुस्ताङको लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका नागरिकलाई चीन छिर्ने पास दिन लागिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार पास छापेर लगिसकिएको र मंगलबारदेखि आवश्यक कागजात पु¥याएर वितरण गरिनेछ । प्रवेश अनुमति पत्र बनाउन १० रुपैयाँको हुलाक टिकट सहित वडा कार्यालयबाट बसोबास गरिरहेको प्रमाण पुग्ने सिफारिस, नागरिकता, २ प्रति फोटो र यसअघि लिएको पास कार्ड चाहिने प्रशासनले जनाएको छ ।

    २०७८ सम्म यहाँका नागरिकका पास रिन्यु हुँदै आएको थियो । तर नाका खुल्ने छाँटकाँट नभएपछि नवीकरण समेत रोकियो । नाका नखुल्दा उत्तरी क्षेत्रका नागरिकको दैनिकीमा समस्या हुँदै आएको छ । यसअघि नै गोरखाले समेत बोर्डर पासका लागि प्रक्रिया अघि बढाइसकेको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका नागरिकलाई बोर्डर पास वितरण हुन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend