logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सुनको भाउ तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

    सुनको भाउ तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

    1.4K
    Shares
    सुनको भाउ तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

    काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

    यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । अस्ति आइतवार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

    अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।

    आज चाँदी हिजोकै भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend