logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • ट्राफिक प्रहरीलाई ४० रुपैयाँमा पानी बिक्रि गरेपछि १० हजार जारीवाना

    ट्राफिक प्रहरीलाई ४० रुपैयाँमा पानी बिक्रि गरेपछि १० हजार जारीवाना

    56.6K
    Shares
    ट्राफिक प्रहरीलाई ४० रुपैयाँमा पानी बिक्रि गरेपछि १० हजार जारीवाना

    काठमाडौँ । बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौँ महानगरपालिकाको कार्यालय काठमाडौँ प्लाजा पुर्याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु ।

    प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठले बुधबार दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि उनलाई समातेर महानगर कार्यालयमापुर्याइएको थियो ।

    ‘उहाँहरुलाई १५ देखि २० रुपैयाँको पानीलाई दुई बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले नै महानगरमा ल्याएर उजुरी गरे । त्यसपछि महानगरले ठगी गरेकोमा जरिवाना गरेको छ,’ एक महानगर प्रहरी अधिकारीले भने ।
    नगर प्रहरीका अनुसार पानीमा उल्लेख गरेको रकम भन्दा बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराएको हो । ‘हामीलाई गुनासो वा उजुरी आयो भने तत्काल एक्सन लिन्छौं । उपभोक्तालाई पनि तोकिएको भन्दा धेरै रकम नतिर्न अनुरोध गरेका छौं,’ महानगर प्रहरीले भन्यो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend