logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • आध्यात्मिकताको अगुवाईमा लैंगिक हिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बाली संरक्षण गोष्ठी सम्पन्न

    आध्यात्मिकताको अगुवाईमा लैंगिक हिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बाली संरक्षण गोष्ठी सम्पन्न

    1.2K
    Shares
    आध्यात्मिकताको अगुवाईमा लैंगिक हिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बाली संरक्षण गोष्ठी सम्पन्न

    सनत हमाल, मुगु । आध्यात्मिकताको अगुवाईमा लैंगिकहिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बाली संरक्षण गोष्ठी सम्पन्न भयको छ। लैंगिक हिंसा न्यूनीकरण तथा रैथाने बाली संरक्षण लोप हुँदै गएपछि श्री विश्व हिन्दु महासंघ नेपाल मुगु, श्री नारी उत्थान तथा सचेतना केन्द्र मुगु र श्री ओम सत्य साइराम मुगुले पछिल्लो समय लैंगिकहिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बाली संरक्षणमा जोड दिएको छ ।समुदाय स्थरमा लैंगिक हिंसा न्यूनीकरण र स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको नारी उत्थान तथा सचेतना केन्द्र मुगुले जनाएको छ ।

    समुदायमा लैंगिकहिंसा लाई कसरि न्यूनीकरण गर्न सकिन्छ र यहाँ उत्पादन हुने सिमी, चिनो, कागुनो, उवा, कोदो, फापर, मकै, जौ लगायतका अन्न स्थानीय जातको बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न बिभिन्न अनुदानका कार्यक्रम अघि सारेको धार्मिक तथा सामाजिक अगुवा बिगत लामो बर्षदेखी धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आउनु भयकी अन्तर्राष्ट्रिय बिश्व हिन्दू महासँघ नेपाली केन्द्रीय सदस्य तथा नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी संयोजक चेतना मल्ल शाहीले बताए ।

    स्थानीय रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिएको भनाइ उनको छ ।

    व्यावसायिक रूपमा खेती गर्ने किसानलाई प्रदर्शन कार्यक्रम अन्तर्गत बिउबिजन, कृषि औजार सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए । पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको बताइएको छ ।

    स्थानीय बजारमा सिमी,फापर, कोदो,मकै, चिनो,कागुनो, र उवाको माग बढेको छ । रैथानले बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।

    रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाई अहिले स्थानीय होटलमा समेत रैथाने बालीको विभिन्न परिकार पाइने गरेको छ ।

    रैथाने बालीको संरक्षण र प्रवर्धन गर्नका लागि बजार क्षेत्रमा बिभिन्न कोशेलीघर सञ्चालन गर्दै आएका छन् । नयाँ र उन्नत जातको बाली भित्रिएसँगै रैथाने बाली हराउन थालेको छायानाथ कोशेलीघर मुगुका संचालकले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend