logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेसले प्रचण्डलाई काम गर्न नसके हटाउँछौँ भन्न सक्नुपर्छ : महामन्त्री गगन थापा

    कांग्रेसले प्रचण्डलाई काम गर्न नसके हटाउँछौँ भन्न सक्नुपर्छ : महामन्त्री गगन थापा

    1.8K
    Shares
    कांग्रेसले प्रचण्डलाई काम गर्न नसके हटाउँछौँ भन्न सक्नुपर्छ : महामन्त्री गगन थापा

    पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताएका छन् ।

    कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके सिंहदरबारबाट खुमलटार (प्रचण्डको निवास) पठाउँछौं भनेर कांग्रेसले भन्नुपर्ने बताएका हुन् ।

    शनिबार पाल्पामा आयोजित कार्यक्रममा थापाले भने, ‘यो एक वर्षभित्र धेरै काम हुन सकेन, तपाईसँग मौका छ, ‘यत्तिको स्थिरता हुँदै गर्दा, यत्तिको अनुकूलता हुँदै गर्दा गर्नुपर्ने काम तपाईं गर्नुहुन्छ भने तपाईलाई प्रधानमन्त्रीको रुपमा राखिराख्छौं, तपाईलाई मद्दत गरिराख्छौं, तपाईं काम गर्न सक्नुहुन्न भने सिंहदरबारबाट खुमलटार पुयौउछौँ भनेर भन्न सक्नुपर्छ ।’

    प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताए । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्यो भनेर भन्न नसकिने उनले बताए ।
    महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका ९ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताए । काम गर्न नसक्नेलाई सभापति वा कुनै नेताको संरक्षण हुन नहुने भन्दै थापाले अगाडि भने, ‘मन्त्रीहरुसँग पनि मिसन हुनुपर्छ । मेरो कारणले गर्दा कांग्रेसको एउटा भोट घट्नुहुन्न, मेरो कामले गर्दा कांग्रेसको भोट बढ्नुपर्छ भन्ने सोच्नुपर्छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend