logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मुगु जिल्ला अस्पतालको एक्सरे मेसिन बिग्रीयो, एक्सरे गर्न जिल्ला बाहिर जानु पर्ने बाध्यता

    मुगु जिल्ला अस्पतालको एक्सरे मेसिन बिग्रीयो, एक्सरे गर्न जिल्ला बाहिर जानु पर्ने बाध्यता

    1.5K
    Shares
    मुगु जिल्ला अस्पतालको एक्सरे मेसिन बिग्रीयो, एक्सरे गर्न जिल्ला बाहिर जानु पर्ने बाध्यता

    सनत हमाल
    मुगु । कर्णाली प्रदेशको अति दुर्गम जिल्ला मुगु जिल्ला अस्पतालमा रहेको जिल्लाकै एकमात्र एक्सरे मेसिन बिग्रीएको छ । बिग्रीएको एक्सरे मेसिनको मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ ।

    जिल्ला अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिगत एक महिनादेखि बिग्रीएको मर्मत कार्य नगरीदाँ बिरामीलाई सामान्य एक्सरे गर्नकै लागि पनि जिल्ला बाहिर पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ । एक्सरे मेसिन बिग्रेर मर्मत कार्य हुन नसक्दा समान्य चोटपटकलगायत अन्य रोगका बिरामीलाई एक्सरे गर्न जिल्ला बाहिर पुग्नु पर्ने बाध्यता रहेको छ बिरामीहरुको गुनासो रहेको छ ।

    जिल्लाका बिकट बस्तीहरुबाट २÷३ दिन हिडेर जिल्ला अस्पताल पुगेर सामान्य चोटपटकदेखि जटिल उपचारको लागि जिल्ला अस्पताल ठिनी आउने बिरामी एक्सरे मेसिन बिग्रेकाले बिरामी लाई सास्ति पर्ने गरेको स्थानीयको भनाई छ । विद्युतको भोल्टेजमा गडबडी हुदा एक्सरे मेसिन बिग्रेको र मर्मत कार्यको लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यलय मुगुका निमित्त कार्यलय प्रमुख डा. कमल ढुंगानाले बताए ।

    उनले भने, “मुगुको विद्युतको भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै उपकरणहरु बिग्रीएर थन्क्याएका छौँ, ट्रान्सफर्मर जडान गर्ने र मेसिन चलाउन सक्ने विद्युतको भोल्टेज पुगेपछि एक्सरे मर्मत गरी चालु गरिने छ ।” जिल्ला अस्पताल ठिनी बाहेक एक्सरेको कुनै विकल्प मुगु जिल्लामा नभएपछि मुगुका बिरामीलाई जिल्ला बाहिर जान आउन धेरै खर्च लाग्ने गरेको छ ।

    २०६३ सालमा जिल्लाका साविकका गम, सोरु, खतेड र करान भेगका जनताहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले १५ शैययाको अस्पताल सञ्चालनमा आएको भएपनि उक्त जिल्ला अस्पताल बिरामीको लागि अझै व्यवस्थित र भरपर्दो हुन सकेको छैन ।

    कोरियाली सरकारले अस्पतालको आवश्यक उपकरणहरुसहित भौतिक पूर्वाधार निर्माण गरिए पनि आन्तरिक रुपमा जनशक्ति अभाव र उपकरणह सञ्चालन नहुँदा बिरामी मर्कामा पर्दै आएका स्थानीयवासीको आरोप छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend