logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक, अभिनेता भन्छन् : सरकार कहाँ छ ?

    चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक, अभिनेता भन्छन् : सरकार कहाँ छ ?

    1.6K
    Shares
    चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक, अभिनेता भन्छन् : सरकार कहाँ छ ?

    काठमाडौँ । नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता नवल खड्काले नेपालमा सरकार छ की छैन ? भन्दै प्रश्न गरे ।

    उनले चलचित्र काँडेतारको प्रचारप्रसार गर्दै जाँदा जनकपपुरमा प्रमुख जिल्ला अधिकारीले सिनेमा घर सञ्चालकहरुलाई चलचित्र नदेखाउन निर्देशन नै दिएको बताए । उहाँले वीरगञ्जमा त्रिमूर्ति सिनेमा घरका मालिकले भारतबिरोधी चलचित्र रहेछ नदेखाउनू भन्ने आदेश दिएर शो रोक्न लगाएको आरोप लगाए ।

    उनले सरकारले सेन्सर गरेर चलचित्र देखाउन अनुमति दिइसकेपछि केही व्यवसायी र व्यक्तिहरुले चलचित्र प्रदर्शन रोक्न खाज्ला कानून आकर्षित हुन्छ की हुँदैन ? भन्दै प्रश्न गरे । यस चलचित्रमा चलचित्र विकास बोर्डको सहकार्य रहेकाले सबै ठाउँमा चल्न दिनुपर्ने बताए । अभिनेता खड्काले चलचित्र काँडेतारसँग अन्य चलचित्र जुधाइरहँदा विकास बोर्ड किन मौन रहेको भन्दै प्रश्न गरे।

    अभिनेता नवल खड्काकै निर्देशन एवं शिवम अधिकारी र नवल खड्काको लेखन रहेको काँडेतार सामना फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण गरिएको हो । काँडेतारमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बाल कलाकारमा नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ ।

    नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्र काँडेतारको कार्यकारी निर्माता सत्यकला राई हुन् । राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुका चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त चलचित्रको रुपमा लिइएको छ ।

    चलचित्र फागुन २५ गते देशभरका सिनेमा घरमा प्रदर्शन हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend