logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • चौधरी समूहले सार्वजनिक गर्याे आयोन वाई विद्युतीय गाडी

    चौधरी समूहले सार्वजनिक गर्याे आयोन वाई विद्युतीय गाडी

    5.2K
    Shares
    चौधरी समूहले सार्वजनिक गर्याे आयोन वाई विद्युतीय गाडी

    काठमाडौँ । चौधरी समुहले नेपाल भित्र्याएको नयाँ विद्युतीय गाडी ब्रान्ड आयोन वाई विद्युतीय गाडी सार्वजनिक गरेको छ ।
    नेपालमा सवारी साधन बिक्रीमा आक्रामक बन्दै गएको चौधरी समुहले आज मंगलबार थापाथलीस्थित नयाँ शोरुममा जिएसी आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ सार्वजनिक गरेको हो ।

    नेपालमा पहिलोपटक लन्च भएको आयोन वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको जनाइएको छ ।
    यसअघि नै नेटा भी ईभी भित्र्याइसकेको उक्त समुहले छोटो समयमा राम्रो लोकप्रियता पाएको नेटापछि आयोन नयाँ ब्रान्ड भित्र्याएको हो ।

    गाडीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १,८७० एमएम र उचाई १,६५० एमएम रहेको छ । यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिने जनाएको छ । यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको बताइएको छ ।
    चिनियाँ बजारमा उपलब्ध आयोन–वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ । कम्पनीले यसमा १० दशमलब २५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४ दशमलब ६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ ।

    कप होल्डर, वायरले चार्जर पनि यसमा पाउन सकिने जनाइएको छ । जीएसी एवोन वाईमा ६१ दशमलब ५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ ।

    यसलाई सिंगल चार्जमा ५०० किलोमिटर गुडाउन सकिन्छ । यसमा मोटर पनि १०० किलोवाटको छ । यसको पीकटर्क भने १७६ एनएम छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend