logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • १२ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

    १२ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

    3K
    Shares
    १२ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

    अछाम । अछामको मंगलसेन नगरपालिकामा आफ्नै छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।

    आफ्नी १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको वेला निजले छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

    बालिकाको स्वाब संकलन गरेर विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।

    साउदका अनुसार स्वास्थ्य जाँचपछि बालिकालाई सुरक्षित आवास गृहमा र पक्राउ परेका बाबुलाई जिल्ला अदालत अछामबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend