logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सुनको मूल्य बढ्यो, कतिमा भयो कारोबार ?

    सुनको मूल्य बढ्यो, कतिमा भयो कारोबार ?

    1.2K
    Shares
    सुनको मूल्य बढ्यो, कतिमा भयो कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय बढेर प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपयै थियो ।

    त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला ८ सय वृद्धि भई प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ थियो ।

    चाँदीको पनि प्रतितोला ५० रुपैयाँ वृद्धि भई प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend