logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • सेयर बजार ६.२४ अंकको गिरावट

    सेयर बजार ६.२४ अंकको गिरावट

    936
    Shares
    सेयर बजार ६.२४ अंकको गिरावट

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ६दशमलव २४ अंकले घटेर २ हजार ६७ दशमलव २९ को अंकमा कायम भएको हो ।

    आज ३ सय ७ कम्पनीक ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रुपैँया ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    वित्त समूह २ दशमलव १०, जीवन बीमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह दुई दशमलव ०३ अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १ दशमलव ३८ र व्यापार समूह १ दशमलव ३१ प्रतिशतले घटेको छ ।

    बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड ९ दशमलव ९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ४५ प्रतिशतले बढेको छ ।

    सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम–२ ७ दशमलव ०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ६ दशमलव ९१ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रुपैँया २५ करोड ९७ लाख २२ हजार ३ सय ६७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको ६ लाख ९९ हजार ६ सय ४२ कित्ता शेयर किनबेच भएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend