logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रिमियममा आइपिओ ल्याउन लागेको सौर्य सिमेन्टको यस्तो छ वित्तीय विवरण

    प्रिमियममा आइपिओ ल्याउन लागेको सौर्य सिमेन्टको यस्तो छ वित्तीय विवरण

    650
    Shares
    प्रिमियममा आइपिओ ल्याउन लागेको सौर्य सिमेन्टको यस्तो छ वित्तीय विवरण

    काठमाडौं । तीन प्रमुख व्यवसायिक घरनाहरुको लगानीमा सञ्चालन भइरहेको सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासन गर्दै छ । उद्योगले प्रतिकित्ता १ सयमा थप १ सय ६४.५१ रुपैयाँ प्रिमियम थपेर कूल २ सय ६४.५१ रुपैयाँमा निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा प्रस्ताव गरेको छ ।

    उद्योगले १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आइपिओ निष्कासन गर्न लागेको छ ।

    प्रस्तावित प्रिमियम मूल्यलाई आधार मान्दा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आइपिओ निष्कासन गर्दा ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५ सय ६५ रुपैयाँ हुन आउँछ । यद्यपि धितोपत्र बोर्डले सो मूल्यमा आईपिओ निष्कासन गर्न सौर्यलाई अनुमति दिन बाँकी छ ।

    आइपिओ निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

    गत वर्ष सौर्य सिमेन्टले ७ अर्ब ४० करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । अघिल्लो वर्ष ७ अर्ब ४२ करोड कारोबार गरेको थियो । अघिल्लो वर्षको भन्दा गत वर्ष व्यापारमा केही कमी आएको छ । उद्योगले सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख रुपैयाँको सिमेन्ट कारोबार गरेको थियो । २०२१ देखि उद्योग सञ्चालनमा आएको हो ।

    दैनिक ३ हजार टन क्षमताको क्लिङकर प्लान्ट सन २०२१ देखि सञ्चालनमा आएको हो । उद्योगले सहायक कम्पनी सौर्य सिमेन्ट लिमिटेडले खानीको अधिकार लिएको छ ।
    खानी कारखानास्थल मिर्चैयादेखि ४० किलोमिटर टाढाको दुरीमा रहेको छ । उद्योगले ५० किलोमिटरको दूरीमा दुई थप खानी थपेको छ । यी दुवै खानी उत्खननको प्रक्रियामा छन् । नयाँ खानीहरूले उद्योगको ‘अपरेशनल प्रोफाइल’लाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

    पूर्व–पश्चिम राजमार्गको सिराहाको मिर्चैयामा सौर्यको उत्पादन कारखाना छ । उद्योगको पूर्वमा कुल बिक्रीको लगभग ५५ प्रतिशत हिस्सा छ ।

    उद्योगसँग साढे ५ मेगावाट क्षमताको ‘वेस्ट हिट रिकभरी सिस्टम’ पनि छ । यसले उद्योगको २५ प्रतिशत ऊर्जाको मागलाई पुरा गर्दै आएको छ । उद्योगको मुलुकभरी ८० भन्दा बढीको फराकिलो नेटवर्क छ ।
    नेपालभर १ हजार ८ सय भन्दा बढी डिलरहरू रहेको उद्योगले जनाएको छ । उद्योगले सौर्य ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

    शंकर, अम्बे र हुलास ग्रुपले सन् २०१७ सेप्टेम्बरमा स्थापना गरेको उद्योग आइपिओ निष्कासन गर्न सन २०२२ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । उद्योगका अध्यक्ष शंकर ग्रुपका भाइस प्रेसिडेन्ट सुलभ अग्रवाल रहेका छन । सौर्यको दैनिक सिमेन्ट उत्पादन क्षमता ३ हजार टन छ ।

    नेपालमा ६० सिमेन्ट र २० क्लिङकर उद्योग सञ्चालनमा छन । उद्योग धेरै भएकाले बजारमा सिमेन्टमा कडा प्रतिस्पर्धा देखिएको छ । अझै केही ठूला सिमेन्ट उद्योग पाइपलाइनमा छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend