logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कैलाश हेलिकोप्टर छैठौं वर्षमा : आइपिओ निष्कासनपछि २ हेलिकोप्टर थप्ने

    कैलाश हेलिकोप्टर छैठौं वर्षमा : आइपिओ निष्कासनपछि २ हेलिकोप्टर थप्ने

    6.7K
    Shares
    कैलाश हेलिकोप्टर छैठौं वर्षमा : आइपिओ निष्कासनपछि २ हेलिकोप्टर थप्ने

    काठमाडौं। निजी लगानीमा स्थापना भएको कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेड सेवा सञ्चालन गरेको ६ वर्ष पुरा भएको छ। कैलाशले २०७४ चैत १० गते ( २०१८ मार्च २३ तारिख) देखि दुईवटा हेलिकोप्टरबाट सेवा सुरु गरेको थियो ।

    छैठौं वर्षमा आइपुग्दा कैलाशसँग ३ वटा हेलिकोप्टर छन् । आगामी पाँच वर्षमा कम्तिमा २ वटा हेलिकोप्टर थप्ने योजना रहेको कैलाश हेलिकोप्टरका प्रवन्ध सञ्चालक प्रतापजंग पाण्डेले सुनौलो नेपाललाई बताए ।

    नेपाल नागरिक उडड्यन प्राधिकरणको नीतिअनुसार आउँदो पाँच वर्षमा हेलिकोप्टरको संख्या पाँच पुग्ने उनले जानकारी दिए । कम्पनीहरुले हेलिकोप्टर संख्या ५ वर्षमा ५ वटा पुर्याउनु पर्ने नीतिलाई अनुसरण गरी सञ्चालक समितिले पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

    २०७६ भदौमा कम्पनीले एउटा हेलिकोप्टर थपेको हो । कोरोना महामारीले गर्दा त्यसपछि कम्पनीले हेलिकोप्टर थप्न नसकेको सञ्चालक पाण्डेले बताए ।

    ३० करोड रुपैयाँ लगानीमा स्थापना भएको कैलाश हेलिकोप्टरले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर दिएर पुँजी साढे ३१ करोड रुपैयाँ पुर्याएको छ । उक्त वर्ष कैलाशले १० प्रतिशत नगद लाभांश बाँडेको थियो ।

    कैलाशले १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आइपिओ) प्रिमियम मूल्यमा निष्कासन गर्ने भएको छ । प्रिमिम दर तोकिएको छैन् । आइपिओ निष्कासनका लागि कैलाश चाँडै नेपाल धितोपत्र बोर्डमा जाने भएको छ ।

    प्रिमियम मूल्यमा आइपिओ जारी गर्न कैलाशले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

    आइपिओ निष्कासन गर्न कैलाश हेलिकोप्टर पब्लिक कम्पनी लिमिटेडमा रुपान्तरण भएको छ। कम्पनीको २०८० असार ३१ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार प्राइभेटबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो ।

    आइपिओ निष्कासन गरेर पूँजी वृद्धिपछि सन् २०२४ र २०२६ मा १/१ वटा हेलिकोप्टर थप्ने योजना कैलाशको छ । कम्पनीले तीनवटा एअरबस एएस ३५० बाट कम्पनीले सेवा दिँदै आएको छ ।

    २०७७ सालमा बढी आयकर दाखिला गरेको भन्दै सरकारले कैलाश हेलिकोप्टरलाई सम्मान गरेको थियो । कैलाशले आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो ।

    कैलाशले बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन कार्गो स्लिङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेसल एडभेञ्चर मिसन, फिल्मिङ, स्काई डाइभिङ तथा प्राकृतिक प्रकोप उद्धार सेवा दिइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend