logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • डोटीको पूर्वीचौकीमा पोषण सामाग्री वितरण

    डोटीको पूर्वीचौकीमा पोषण सामाग्री वितरण

    715
    Shares
    डोटीको पूर्वीचौकीमा पोषण सामाग्री वितरण

    काठमाडौँ । डोटीको पूर्वीचौँकी गाउँपालिकामा रहेका १२ महिना सम्मका बालबालिकाहरु तथा आमाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ ।

    मानवीय सेवामा अनेकौँ प्रयास नामक गैर सरकारी संस्थाले पुर्वीचौँकी गाउँपालिका–५ काडामाडौँका ८२ जना आमाहरुलाई पोषण सामाग्री वितरण गरेको हो ।

    कुखुराको अण्डा, आयोडिन नुन, चना, खाने तेल, साबुन लगायतका सामग्री वितरण गरिएको मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

    बालबालिका र महिलाहरुको स्वास्थ्यलाई ध्यान दिएर संस्थाले काम गरिरहेको बताउँदै जोशीले बालबालिकाहरुलाई कुपोषण लाग्न नदिन काम गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend