logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • कर्णालीको चिसापानी पुलबाट हाम फालेका १७ मध्ये १ जना बेपत्ता

    कर्णालीको चिसापानी पुलबाट हाम फालेका १७ मध्ये १ जना बेपत्ता

    3.6K
    Shares
    कर्णालीको चिसापानी पुलबाट हाम फालेका १७ मध्ये १ जना बेपत्ता

    काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णालीको पुलबाट कर्णाली नदीमा फालेका १७ मध्ये १ जना बेपत्ता भएका छन् ।

    सोमबार दिउँसो होली पर्वको अवसरमा चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएका स्थानीय सञ्चारकर्मी इन्दु केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन, “जिन्दगिमा सारै ठूलो पछुतो रह्यो । आखै अगाडि यसरी हाम फालेको देखियो, हाफ फालेका १७ जना मध्य एक जना बेपत्ता भए । प्रत्यक्षदर्शी भएर म पनि रमिता हेर्ने जमातमा परे । हाम फाल्दैछ्न भन्ने थाहा पाउने बितिकै प्रहरिलाई खबर गर्छु भन्ने सोच्दा सोच्दै हाम फाले । समयमा खबर गरेको भए सायद घटना हुने थिएनकी ।”😥😥😥

    बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेका बताइएको छ ।पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका उनी बेपत्ता भएका स्थानीयवासीले बताए ।

    बेपत्ता शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend