logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेको नीति मोर्चा बनाउने नभइ बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने हो : महासचिव पोखरेल

    एमालेको नीति मोर्चा बनाउने नभइ बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने हो : महासचिव पोखरेल

    923
    Shares
    एमालेको नीति मोर्चा बनाउने नभइ बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने हो : महासचिव पोखरेल

    काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताएका छन् ।मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो ।

    उनले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुने बताए । उनले सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको बताए ।

    उनले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताए ।उनले भने ‘केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुन्छ ।

    सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको छ । त्यो हिसावले पनि हामीले प्रयासहरु गरिरहेका छाँै । प्रमुख दलहरुबीच छलफल गरिकन दुई चार दिनभित्र हामी प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गतको सरकार बदल्ने काम प्रक्रियाहरु पूरा गर्छौं । वागमती प्रदेशमा पनि यही समीकरणअन्तर्गत प्रदेश सरकार पुनःगठन हुनेछ ।’

    महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजाने पनि स्पष्ट पारे। उनले नेकपा एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभइ राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताए। उनले एमाले सरकारमा पुगेकाले मिसन ०८४ के भयो भन्ने जिज्ञासा आइरहेको उल्लेख गर्दै अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्याउने गरी नै भएको दाबी गरे।

    उनले नेकपा एमालेको मिसन ०८४ को उद्देश्यमा फेरबदल नभएको बताए । उनले अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य नभएको बताए । उनले अहिलेको सहकार्य न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य भएको बताए।

    उनले भने ‘हामी यतिबेला सरकारमा पुगेको कारणले गर्दा मिसन ०८४ के भयो भन्ने प्रकारको जिज्ञासा कतिपय कमरेडहरुको मनमा पैदा भएको देख्छु । सोसल मिडियामा पनि त्यही प्रकारको कौतुहलता देखिन्छ । अहिले हामीले गरेको सहकार्य मिसन ०८४ लाई सहयोग पु¥याउने गरी नै गरेका छौँ ।

    त्यसअर्थमा मिसन ०८४ हाम्रो उद्देश्यमा कुनै फेरबदल भएको छैन । त्यो निरन्तर जारी छ । बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्ने कुरा नै पार्टीको र मुलुकको भविष्यका लागि अपरिहार्य छ भन्ने पार्टीको जे मान्यता छ, त्यो मान्यतामा कुनै प्रकारको बदलाव आएको छैन । र अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य पनि होइन । यद्यपी त्यहाँ वामपन्थी दलहरुको सहभागिता बढी छ । तर यो सहकार्य न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य हो ।

    त्यसमा सहमत भएका पाँच राजनीतिक दलहरुको सहकार्य हो । त्यसैले हामीले जे हो त्यही रुपमा बुझ्नुपर्छ । यो पाँच राजनीतिक दलबीचको सहकार्य हो जसमा वामपन्थीहरु पनि छन्, गैरवामपन्थीहरु पनि छन् । त्यसैले यो वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर जुन टिप्पणी छ, त्यसमा उद्वेलित हुनुपर्ने वा प्रभावित हुनुपर्ने आवश्यकता छैन ।

    समाजवादी मोर्चाका तर्फबाट एमालेलाई समाजवादी मोर्चामा सामेल हुनका लागि प्रश्तचाव आयो भन्ने चर्चा गरेपछि कतिपय साथीहरुको कुरा के हो भन्ने छ । वास्तवमा हाम्रो नीति मोर्चा बनाउनेतर्फ गइरहेको छैन ।

    हाम्रो नीति राजनीतिक ध्रुवीकरणको नीति हो । बलियो राष्ट्रिय शक्ति निर्माणको नीति हो । त्यसअर्थमा अहिले हामी यो ढंगले अघि बढीरहेका छौँ ।महासचिव पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गरे ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend