logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ

    उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ

    1.2K
    Shares
    उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सिराहा गोलबजार घर भई हाल काठमाडौँ कपन बस्ने २७ वर्षीय रविनकुमार लामा पक्राउ परेका छन् ।

    लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए ।

    उनका अनुसार लामाविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौँले गएको मङसिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend