logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • छाउनीस्थित आफ्नै घरमा मृत भेटिइन् डाक्टर प्रतिभा

    छाउनीस्थित आफ्नै घरमा मृत भेटिइन् डाक्टर प्रतिभा

    5.1K
    Shares
    छाउनीस्थित आफ्नै घरमा मृत भेटिइन् डाक्टर प्रतिभा

    काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।

    बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

    असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन्  ३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend