logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • डोटीको बोगटान फुड्सिल गाउँपालिकामा असिनाले गहुँबालीमा क्षति

    डोटीको बोगटान फुड्सिल गाउँपालिकामा असिनाले गहुँबालीमा क्षति

    962
    Shares
    डोटीको बोगटान फुड्सिल गाउँपालिकामा असिनाले गहुँबालीमा क्षति

    डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा परेको असिनाले गहुँबालीमा क्षती पुर्याएको छ ।

    शनिबार परेको असिना पानीले पाक्न लागेको, गहुँबाली, तरकारी तथा फलफुलमा क्षति पुर्याएको धिर्कामाण्डौँका स्थानीयवासी तथा नेकपा (माओवादी) केन्द्रका बोगटान फुड्सिल गाउँ कमिटीका इन्चार्ज देवबहादुर बोहराले जानकारी दिए ।

    उनका अनुसार असिना पानीले उक्त पालिकाको धिर्कामाण्डौँ, सातफरी, चवराचौतारा लगाएत पालिकाका सात वटै वडामा क्षति पुर्याएको छ ।

    यसैगरी केआइसिँह तथा बडीकेदार गाउँपालिकाका केहि ठाउँमा समेत असिनाले क्षति पुर्याएको छ । पाक्न लागेको गहुँबालीमा क्षति पुुगेपछि किसान मर्कामा परेका छन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend