logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • फिटनेस क्लबदेखि तन्दुरुस्तीका सामानमा बढ्दो आकर्षण

    फिटनेस क्लबदेखि तन्दुरुस्तीका सामानमा बढ्दो आकर्षण

    1.1K
    Shares
    फिटनेस क्लबदेखि तन्दुरुस्तीका सामानमा बढ्दो आकर्षण

    काठमाडौँ । पहिले पहिले युवाहरु मात्र फिटनेस क्लब जाने गर्थे तर अहिले १६ बर्ष पछि सबै उमेरका मानिसहरु फिटनेस क्लब जाने गर्छन।

    स्वास्थ्यमा आएको सचेतनासँगै नेपालमा पनि फिटनेसको क्रेज बढ्दै गएको छ। सबै उमेर समुहमा जीम धाउने क्रम बाक्लिदै छ। शरीरलाई फिट राख्न होस् या स्वस्थ हुन, धेरैको रोजाईमा जिम पर्ने गर्छ। शरीरलाई स्वस्थ र सन्तुलित राख्न , शरीरको तौल घटाउन धेरैले फिटनेस क्लबलाई पहिलो नम्बरमा पनि राख्ने गर्छन्। फिटनेस क्लब नजानेहरु घरमै समेत जीमका सामानहरु राखेर पनि व्यायामहरु गर्न थालेका छन् ।

    फिटनेस च्वाइसका प्रबन्ध निर्देशक उत्तम सिलवालका अनुसार फिटनेसका सामग्रीहरु अझ बिशेष गरेर ट्रेड मिल किनेर घरमै दगुर्नेहरुको संख्या पनि बढेको छ। व्यस्त जीवनशैली, सवारी साधनमा हुइँकिने र कार्यालयमा कुर्सीमा बसेर काम गर्ने र शारीरिक व्यायामबाट बिमुख भएकाहरुलाई त्यसरी घरमै राख्ने फिटनेसका सामग्रीले शरीरको बोसो घटाउन मद्दत्त गरेकै कारण घरमै राख्ने प्रचलन समेत बढेको हो ।

    रोगको घरको रुपमा चिनिने मोटोपनालाई घटाउन दैनिक आधा घन्टाजति हल्का व्यायाम गर्दा शरीरलाई स्वस्थ राख्न तौल नियन्त्रण तथा शारीरिक र मानसिक स्वास्थ्य सुधार्न घरमै होस् वा फिटनेस क्लब जानु राम्रो मानिन्छ। र्‍याडिसन होटलमा समेत फिटनेस क्लब चलाईरहेका सिलवाल फिटनेसले मानिसलाई मदिरा र धूम्रपानको कुलतबाट छुटाउनदेखि सुगर, कोलेस्ट्रोल र उच्च रक्तचापलाई घटाउन समेत मद्दत गर्ने बताउछन।

    साथै व्यायामले तनाव कम गर्न सघाउँने र रिल्याक्स फिल हुने। जसले गर्दा एन्जाइटी, डिप्रेसन, निद्रा नलाग्ने समस्याबाट पनि बच्न सकिने उनको दाबी छ । त्यस्तै यसले हृदयाघात, स्ट्रोक क्रोनिक, प्यारालाइसिस, किड्नी, लिभरलगायत संक्रमणबाट जोगाउन पनि सहयोग पुर्‍याउँछ।

    बिभिन्न अध्यन तथा चिकित्सकहरुले समेत  फिटनेस क्लब अथवा जिम जानेहरुको मासंपेशी बलियो हुने, स्टामिना बढ्ने, पेट घट्ने, शरीर तन्दुरुस्त र उर्जाशिल हुने, पाचन प्रणाली स्वस्थ हुने , अनुहारमा प्राकृतिक सौन्दरयता देखिने र तनाव समेत कम  हुने बताउदै आएका छन्।  यिनै  कारणले पछिल्लो समय यस प्रति आकर्षण समेत बढ्दो छ।

    हेर्नुहोस फिटनेस च्वाइसका प्रबन्ध निर्देशक, उत्तम सिलवालसँगको कुराकारी 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend