logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित एक जना पक्राउ

    झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित एक जना पक्राउ

    1.3K
    Shares
    झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित एक जना पक्राउ

    काठमाडौँ । प्रहरीले कैलालीको धनगढीमा झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ को शिवनगरका २५ वर्षीय पंकज चन्द रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बोहराले जानकारी दिए ।

    उनका अनुसार चन्दको घरबाट १४ कार्टुन भाईब्रेट कण्डम बरामद गरिएको छ । सुत्ने कोठामा लुकाइछिपाइ राखेको अवस्थामा विशेष सूचनाका आधारमा उक्त कण्डम बरामद गरिएको प्रहरीले जनाएको छ ।

    बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाइएको जनाइएको छ ।

    चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend