logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ३ अर्ब लगानीमा भैरहवामा एडभान्स इन्टरनेसनल अस्पताल बन्दै, एक वर्षमा खुल्ने

    ३ अर्ब लगानीमा भैरहवामा एडभान्स इन्टरनेसनल अस्पताल बन्दै, एक वर्षमा खुल्ने

    1.4K
    Shares
    ३ अर्ब लगानीमा भैरहवामा एडभान्स इन्टरनेसनल अस्पताल बन्दै, एक वर्षमा खुल्ने

    काठमाडौं । पछिल्लो समयमा निजी क्षेत्रबाट वृहत लगानीमा अस्पताल खुल्ने क्रम बढेको छ । यसबीचमा बैंकहरूले पनि अस्पताल पूर्वाधारमा लगानी बढाइरहेका छन् ।

    यस्तै निजी लगानीमा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा एडभान्स इन्टरनेसनल हस्पिटल सञ्चालनमा ल्याउने तयारी भएको छ ।

    झण्डै ३ अर्ब रुपैयाँ लगानीमा एड्भान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल निर्माण सुरु भएको हो । हस्पिटलको पूर्वाधारको काम आयुष बिल्डर्सले गरिरहेको छ । निर्माणाधीन हस्पिटलको १ सय ५० बेडको हुनेछ ।

    अस्पताल एक वर्ष ( २०२५ मार्च) मा सञ्चालनमा ल्याउने तयारी भएको छ । अहिलेसम्म २७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको अस्पतालले जनाएको छ । अस्पतालको प्रतिबेड लगात २ करोड ४५ लाख रुपैयाँ रहेको छ । तुलनात्मक रुपमा यो रकम धेरै हो ।

    हस्पिटलमा नेपाल इन्फ्रस्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा नबिल बैंकले २ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । उक्त हस्पिटल निर्माण गर्न निफ्राले १ अर्ब ५४ करोड तथा नबिल बैंकले १ अर्ब रुपैयाँसम्म लगानी गर्ने भएका छन् । बाँकी संस्थापकहरूको सेयर लगानी हुने छ ।

    अस्पतालमा सुरज उप्रेतीको ५७ र कमल भण्डारीका ४३ प्रतिशत स्वामित्व हुने गरी लगानी ंसंरचना बनाइएको छ । जसमा ७३ प्रतिशत बैंकको ऋण र बाँकी २७ प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी छ ।

    अहिलेसम्म संस्थापकले कूल लगानीको २४ प्रतिशत मात्र इक्विटी खर्च गरेका छन् । यस्तै ६९ करोड २० लाख रुपैयाँ ऋण लगानी भइसकेको छ । एडभान्स इन्टरनेसनल सन् २०२१ मा स्थापना भएको हो । एडभान्सले २ अर्ब ५४ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । २ अर्ब ५० करोड फन्डबेस दीर्घकालिन ऋण र ४ करोड रुपैयाँ फन्डबेस अल्पकालिन ऋण रहेको छ । कम्पनीले ए फोर रेटिङ पाएको छ ।

    १ सय ५० शैय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल निर्माण तथा सञ्चालन गर्न कर्जा सुविधाहरू स्वीकृत गरी २०७९ साल साउन ५ गते बैंकहरूसँग सहवित्तीयकरण सम्झौता भएको थियो । संस्थापहरुसँग यसअघि नेपालगञ्ज मेडिकल कलेज, सञ्जिवनी नर्सिङ कलेज र सिटी अस्पताल सञ्चालनको अनुभव छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend