logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • लगातार मुल्यवृद्धिमा रेकर्ड बनाएको सुनको मूल्य घटेको छ, कतिमा हुँदैछ कारोबार?

    लगातार मुल्यवृद्धिमा रेकर्ड बनाएको सुनको मूल्य घटेको छ, कतिमा हुँदैछ कारोबार?

    3.9K
    Shares
    लगातार मुल्यवृद्धिमा रेकर्ड बनाएको सुनको मूल्य घटेको छ, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेकोमा बिहीबार भने मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

    महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय रूपैयाँ कम हो। बुधबार सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। यो‍ हालसम्मकै उच्च विन्दु हो।

    महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदीको मूल्य भने यथावत छ।

    यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रूपैयाँ तोकिएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend