शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

वर्षको अन्तिम दिन १ लाख ३९ हजारको नयाँ रेकर्ड

वर्षको अन्तिम दिन १ लाख ३९ हजारको नयाँ रेकर्ड

काठमाडौँ ।  वर्षको अन्तिम दिन शुक्रबार सुनमा हालसम्मकै उच्च मूल्य कायम भएको छ । चैत ३० गते छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो ।

यो  सँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको यता चाँदीको मूल्य भने वर्षभरिमा तोलामा ५३२ रुपैयाँ बढ्दै १ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend