logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सबल र सक्षम अर्थतन्त्र बनाउन निजी क्षेत्रको आत्मबल बढाउन आवश्यक छ : उद्योगमन्त्री भण्डारी

    सबल र सक्षम अर्थतन्त्र बनाउन निजी क्षेत्रको आत्मबल बढाउन आवश्यक छ : उद्योगमन्त्री भण्डारी

    546
    Shares
    सबल र सक्षम अर्थतन्त्र बनाउन निजी क्षेत्रको आत्मबल बढाउन आवश्यक छ : उद्योगमन्त्री भण्डारी

    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सबल र सक्षम अर्थतन्त्र बनाउन उद्योगी व्यवसायीहरुको आत्मवल बढाउन आवश्यक रहेको बताएका छन् ।

    बिहीवार नेपाल चार्टर्ड एकाउण्टेण्ड संस्थाले आयोजना गरेको तस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको बताए ।

    मन्त्री भण्डारीले अर्थतन्त्रका केही सूचकहरु सुधार भइरहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगको विकासका माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको उल्लेख गरे ।

    मन्त्री भण्डारीले नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न सके मात्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गरी देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने बताए। मन्त्री भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएका सिथिलतामा सुधारहरु आउन थालेको दाबी गरे ।

    उनले भने‘लेखा व्यवसायीहरुको कार्यकुशलता मार्फत विभिन्न कम्पनी तथा निकायहरुको वित्तीय विवरणहरुको यर्थाथ र उचित विवरणको कारण सुधार हुने र प्रशासकिय सुधारमा दिगो र बलियो हुँदै गएको छ ।

    राज्यका नीति नियम परिपालनको कारण मजबुँत हुँदै गएबाट अर्थतन्त्रमा पारदर्शिता जवाफ देहिता,व्यवस्थापकीय सक्षमता एवम् वित्तीय अनुशासन पालना समेत थप प्रभावकारी हुँदै गएको छ ।

    केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ । अर्थतन्त्रका केही सूचकहरु सुधार रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगधन्दा विकासको माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको छ ।

    सबल र सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मवल बढाउँदै नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न आवश्यक देखिएको छ । यसले अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने देशभित्रै रोजगारीका अवसरहरु सिर्जना हुन्छ ।’

    उनले सरकारले लिएका नीति नियमहरु राज्यका निकाय र निजी क्षेत्रले परिपालना गरेका कारण अर्थतन्त्रमा सुधार हुँदै आएको दाबी गर्नुभयो । उनले लेखा व्यवसायीहरुको कार्यकुशलतामार्फत विभिन्न कम्पनी तथा निकायहरुको वित्तीय विवरणहरु यथार्थ हुँदै प्रशासकीय सुधार गरी दिगो र बलियो हुँदै गएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend