logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ : उद्धव थापा

    अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ : उद्धव थापा

    1.6K
    Shares
    अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ : उद्धव थापा

    काठमाडौँ । कोशी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताएका छन्।बिहीवार प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अल्पमत, बहुमत हुनु स्वभाविक भएको बताउँदै संसारको मूल्य मान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बताए ।

    उनले अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने बताए। उनले विधि र पक्रिया पूरा गर्ने बाटोबाट काँग्रेस अघि बढ्ने बताए ।उनले भने‘अल्पमत, बहुमत हुनु स्वभाविक हो ।

    संसारको मूल्य मान्यता के हो भने बहुमतले शासन गर्ने हो, अल्पमतले प्रतिपक्षमा बस्ने हो । तर अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने होइन, त्यसको प्रक्रियाहरु हुन्छन् । विधि, तरिकाहरु हुन्छन् । विधि र प्रक्रियाको बाटोबाट के गर्नुपर्छ, त्यो निर्णय र निस्कर्षमा पुग्नेछौँ ।’

    कोशी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नुभएका केदार कार्की अल्पमतमा परेका छन् ।

    उनले आफू संविधानको धारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफूलाई समर्थन गर्नुको विकल्प नरहेको बताएका छन् । आफूले विश्वासको मत लिन नपर्ने र राजीनामा पनि नदिने अडान लिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend