logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • नाम नखुलेको सेमिअटोमेटिक पेस्तोल र ४ राउण्ड गोलीसहित लामा पक्राउ

    नाम नखुलेको सेमिअटोमेटिक पेस्तोल र ४ राउण्ड गोलीसहित लामा पक्राउ

    1.8K
    Shares
    नाम नखुलेको सेमिअटोमेटिक पेस्तोल र ४ राउण्ड गोलीसहित लामा पक्राउ

    काठमाडौँ । प्रहरी वृत्त बौद्धको टोलीले नाम नखुलेको सेमिअटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–५ का घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ति बस्ने ३८ वर्षीय मिमसिंह लामा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनका अनुसार काठमाडौँको पहेंलो पुल नजिक बा १८ च ८३६१ नम्बरको जीपमा हतियारसहित हिंड्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा निजलाई बिहीबार पक्राउ गरिएको हो ।

    उनीमाथि हातहतियार तथा खरखजानाको कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend