logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

    हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

    5.3K
    Shares
    हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

    उक्त दिन सुन प्रतितोला १ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ। सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रूपैयाँ पुगेको छ।

    यो मूल्य पछिल्लो रेकर्डभन्दा १ सय रूपैयाँ बढी हो।बिहीबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    शुक्रबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    बिहीबार चाँदी प्रतितोला एक हजार ७ सय २५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend