logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ४ लाख धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश थुनामा

    ४ लाख धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश थुनामा

    1.5K
    Shares
    ४ लाख धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश थुनामा

    काठमाडौँ । रुपन्देही जिल्ला अदालतले तोकेको धरौटी रकम नबुझाउँदा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई थुनामा पठाइएको छ ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि उनले नुबझाएका कारण थुनामा गएका हुन् । रुपन्देही जिल्ला अदालतले शुक्रबार दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    तर उनले तोकिएको धरौटी नबुझाएपछि थुनामा गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

    अहिलेसम्म धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका छन् । न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । शुक्रबार थुनछेक बहसका क्रममा ७ जना मात्र उपस्थित थिए । उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो ।

    यो प्रकरणमा संलग्न नविन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको थियो । पुन र अछामी बाहेक अरू भने धरौटी बुझाएर रिहा भएका छन् ।

    सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब १ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend