२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, कतिमा भयो कारोबार ?

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आइतबार सुनको भाउ आकासिएर प्रति तोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एकै दिन सुनको भाउ २ हजार रुपैयाँ बढेको छ । शुक्रबार प्रति तोला १ लाख ४९ हजार ६ सय र बिहीबार सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो । साउन २९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको थियो ।

सुनको भाउ बढ्नुको मूल कारण भन्सारदर रहेको व्यवसायीको भनाई छ । सरकारले अहिले सुनमा २० प्रतिशत भन्सार लिँदै आएको छ । यसलाई आधा घटाएर १० प्रतिशत कायम गर्न महासंघले माग गर्दै आएका छ ।

महासंघका अनुसार चाँदी पनि प्रति तोला १८ सय १० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेपछि यसको असर नेपाली बजारमा परेको हो । आइतबार विश्व बजारमा सुन ५१ डलर बढेर प्रति औंस २५ सय ८ डलर पुगेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताएका छन् ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढाउँदा दैनिक नयाँ रेकर्ड कायम भएको महासंघका पूर्व अध्यक्ष शाक्यको भनाई छ । उनका अनुसार विश्व बजारमा डलरको भाउमा उतारचढाव आइरहेको छ । फेडरल रिजर्भले ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत कायम गरेको छ ।

यस्तै आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पले डलरलाई विश्वकै सञ्चिती मुद्राको रुपमा राख्ने घोषणापत्रमा उल्लेख गरेका छन् । आगामी सन् २०२७ मा सुनको भाउ बढेर प्रति औंस ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

यो पनि :

सुन तोलामा ९ सय घटेर १ लाख ४९ हजार ६ सयमा कारोबार

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट