२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कतिमा भयो कारोबार ?

बुधवार , भाद्र ५, २०८१

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुनको मूल्य आज नेपाली बजारमा तोलामा ८ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कामय भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भैरहेको जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च मूल्य हो । आइतबार प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । सो मूल्यलाई तोड्दै आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले आज फेरि अर्को नयाँ रेकर्ड बनाएको हो ।

आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य सोमबार र मंगलबार भने सामान्य घटेको थियो । तर, बुधबार भने आइतबारको मूल्यलाई ब्रेक गर्दै नयाँ मूल्य कायम भएको छ ।

आज बुधबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी मूल्य पनि बढेको छ । प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेपछि यसको असर नेपाली बजारमा परेको हो । बुधबार विश्व बजारमा प्रति औंस २५ सय १७ डलर पुगेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताएका छन् ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढाउँदा दैनिक नयाँ रेकर्ड कायम भएको महासंघका पूर्व अध्यक्ष शाक्यको भनाई छ ।

उनका अनुसार विश्व बजारमा डलरको भाउमा उतारचढाव आइरहेको छ । फेडरल रिजर्भले ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत कायम गरेको छ ।

यस्तै आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पले डलरलाई विश्वकै सञ्चिती मुद्राको रुपमा राख्ने घोषणापत्रमा उल्लेख गरेका छन् । आगामी सन् २०२७ मा सुनको भाउ बढेर प्रति औंस ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

यो पनि : 

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, कतिमा भयो कारोबार ? 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट