शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ट्रम्पले आफ्नो जित घोषणा गर्दै भने : अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ

ट्रम्पले आफ्नो जित घोषणा गर्दै भने : अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ

काठमाडौं । रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् ।

उनले फ्लोरिडामा आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित नागरिकलाई सम्बोधन गरेका हुन् ।

ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ। यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ। यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ।’

मतदातालाई सम्बोधन गर्दै ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने विश्वास व्यक्त गरे । उनले आफ्नो चार वर्षे कार्यकाल अमेरिकाका लागि स्वर्ण युग (गोल्डेन एज) हुने दाबी गरे ।

उनले भने, ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो । अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ ।’

सम्बोधनको क्रममा ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend