शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

शेयर बजारमा सामान्य गिरावट, ५ अर्ब २२ करोड बढी कारोबार

शेयर बजारमा सामान्य गिरावट, ५ अर्ब २२ करोड बढी कारोबार

/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८८ अकंले घटेर २६७५.५१ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १२१ कम्पनीको शेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ ।

अघिल्लो दिन मङ्गलबार मात्रै ०.२१ अङ्कले घटेर २६७७.४० को विन्दुमा अडिएको थियो । यस दिन बजारमा ९७ लाख १३ हजार ७३० कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधबार चार उपसूचकमा मात्र हरियाली देखिएको छ । यसदिन विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशत र व्यापार समूहको ०.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज नारायणी डेभलपमेन्ट बिकास बैंक लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यसको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

नेपाल फाइनान्स लिमिटेड ३५ करोड ३८ लाख ३९ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend