२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्यमा आज भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ घटेको छ । बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९ सय ६० मा झरेको छ ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि यसको असर सुन बजारमा परेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनले सुनको भाउ अझ घट्ने संभावना रहेको औल्याएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस २६ सय ६० डलरमा सिमित भएको छ । बुधबार सुनको मूल्य प्रति औंस २७ सय ३८ डलर थियो । एक दिनमा सुनको भाउ ७८ डलर कम भएको शाक्यले जानकारी दिए । यस्तै अमेरिकी बण्ड बजार उकालो लागेको छ भने डलर झनै मजवुत भएर नयाँ रेकर्ड कायम गरेकाले सुनको भाउ अझ घट्ने संभावना रहेका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट