२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

विकास निर्माणका कामको अनुगमन गर्दै सांसद चौधरीले भने : ‘नवलपरासीको विकासका लागि प्रतिवद्ध छु’

शनिवार , कार्तिक २४, २०८१

बर्दघाट । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीले यहाँका विकास निर्माणका कामको अनुगमन गरेका छन् । आज बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठसहित सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणका कामको अनुगमन गरेका हुन् ।

उनले निर्माणाधीन अम्बास संसरकोट खडकखण्डको अवलोकन गरे । पर्यटकीय हिसवाले पनि निकै महत्वपूर्ण यो सडकखण्ड निर्माणको कार्य भइरहेको छ । यस्तै बर्दघाटमै निर्माण कार्य अगाडि बढेको ट्रमा सेन्टरको पनि उनले अवलोकन गरेका छन् ।

अघिल्लो महिना शिलान्यास गरिएको उक्त ट्रमा सेन्टर काठमाडौंभन्दा बाहिर निर्माण हुन लागेको पहिलो ट्रमा सेन्टर हो । सांसद चौधरीकै सक्रियतापछि ट्रमा सेन्टर निर्माण कार्य अगाडि बढेको हो ।

मेयर श्रेष्ठ र अन्य जनप्रतिनिधिसहितको टोलीले बर्दघाट नगरपालिकाको खजुरा खोला किनारामा निर्माण भइरहेको एसएमई भिलेजको पनि अवलोकन गरेको हो । साना तथा मझौला उद्योगग्रामका रुपमा उद्योग मन्त्रालयले यसको निर्माण कार्य अगाडि बढाएको हो । साथै सुस्त गातिमा निर्माण कार्य भइरहेको खजुरा खोला पुलको पनि उनीहरुले निरीक्षण गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहेको बताए । ‘यतिबेला म मेरो निर्वाचन क्षेत्र (नवलपरासी १ मा) छु । यहाँ भइरहेका विकास निर्माणका कामको अनुगमन गर्नुका साथै तिनीहरुलाई निर्धारित समयमै सम्पन्न गर्न सरोकारवाला पक्षहरुसँग निरन्तर संवाद र समन्वयको काम गरिरहेका छौं,’ उनले भने, ‘आज बिहान बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठजीसहित हामी अम्बास सडकखण्ड, बर्दघाटमै निर्माण भइरहेको साना तथा मझौता उद्योग (एसएमई भिलेज), ट्रमा सेन्टर, खजुरा खोला पुलको अनुगमन गर्यौं । यो क्षेत्रको विकासका लागि हामी सबैबीच हातेमालो हुन जरुरी छ । म सम्पूर्ण रुपमा यो क्षेत्रको विकासका लागि क्रियाशील छु र रहिरहनेछु ।’

सांसद चौधरी निर्वाचित भएपछि नवलपरासी १ मा विकासका कार्यहरु अगाडि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट