२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मुगुमा कोभिड १९ विरुद्धको खोप अभियान सुरु

सोमवार , कार्तिक २६, २०८१

मुगु। मुगुमा कोभिड १९ विरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्ला कोभिड-१९ खोप अनुगमन तथा समन्वय समितिको निर्णय र राष्ट्रिय खोप केन्द्रको कार्यतालिका अनुसार जिल्ला अस्पताल मुगुमा कोभिड-१९ विरुद्धको खोप अभियानको तयारी पूरा भैसकेको हो ।

खोप अभियान पहिलो चरणमा मिति २०८१ कार्तिक २८ देखि ३० गते सम्म (मुगुम कार्मारोङ) र दोस्रो चरणमा २०८१ मंसिर १ देखि ३ गते सम्म छायाँनाथ रारा नगर पालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा खोप अभियान तयारी गरिएको छ ।

लक्षित समूहका १२ बर्ष भन्दा माथिका रोग प्रतिरोध क्षमता कम भएका बालबालिका, बयस्क, जेष्ठ नागरिक, स्वास्थ्य कर्मि, गर्भवति महिला, १२ वर्ष वा सो भन्दा माथिको उमेरका व्यत्तिहरुलाई कोभिड १९ खोप प्रदान गर्ने तयारी गरिएको र राष्ट्रिय खोप कार्यक्रम अभियानमा जिल्लामा तोकिएका सबै खोप केन्द्रमा सबैको पहुँच हुनेगरी प्रत्येक व्यक्तिलाई कोभिड १९ खोप गुणस्तरीय, सुरक्षित र सर्बसुलभ खोप, सेवा प्रदान गर्ने योजना रहेको स्वास्थ्य सेवा कार्यालय मुगुका खोप सुपरभाईजर निरीक्षक महेश बहादुर बुढाले बताए।

कोभिड १९ बिरुद्दको खोप आफ्नो स्वास्थ्य केन्द्र वा नजिकैको खोप केन्द्रमा सम्पर्क गरेर समयमै खोप लगाउन स्वास्थ्य सेवा कार्यालय मुगुले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट