२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशियाको अनुरोध

सोमवार , कार्तिक २६, २०८१

काठमाडौँ । एनआईसी एशिया बैंकले खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।

बैंकका ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान नम्बर अद्यावधिक गर्न आग्रह गरेको हो ।

बैंकको पोर्टल प्यान अपडेट डट एनआईसी एशिया बैंक डट कम वा वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

साथै, बैंकले पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको जनाएको छ ।

बैंकले भनेको छ- 'बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इ टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।'

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरु १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले अनुरोध गरेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट