२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पक्राउ परेका मनाङेलाई अदालतबाट आजै कारागार चलान गरिने

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे( राजीव गुरुङ) लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्‍याइएको छ ।

सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङेलाई प्रहरीले आज बिहान काठमाडौँबाट पक्राउ गरेको हो । उनलाई सीआईबीका डीएसपी नेतृत्वको टिमले काठमाडौंको सानोभर्‍याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो ।

मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।

चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गरेको थियो भने ५ वर्ष जेल सजाय सुनाएको थियो ।

मनाङेलाई आजै कारागार चलान गरिँदैछ ।

यो पनि : 

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

सर्वोच्चबाट फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु : दीपक मनाङे

गण्डकी प्रदेश सांसद दीपक मनाङे सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैद सजाय

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट