२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

रसुवा सुक्खा बन्दरगाहको काम ६५ प्रतिशत, असारमा सञ्चालन होला ?

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । चीनको आर्थिक सहयोगमा निर्माणाधीन रसुवा सुक्खा बन्दरगाहको काम ६५ प्रतिशत सम्पन्न भएको छ । बन्दरगाहको अझै ३५ प्रतिशत काम बाँकी रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

आयोजनाको कुल लागत १२ करोड ४० लाख आरएमबी रहेको छ । बन्दरगाहको काम आउँदो असारमा सक्ने लक्ष्य लिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुनौलो नेपाललाई बताए ।

उनका अनुसार भोटेकोसी खोलातर्फ र सडकतर्फको रिटेनिङ वालको निर्माण सकिएको छ । अहिलेसम्म सडक निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । यस्तै कार्गो गोदाम, लिटिगेशन गोदाम र इन्सपेक्सन सेडको काम पनि ९० प्रतिशत सम्पन्न भएको छ ।

प्रशासनिक भवनको आधा काम सकिएको छ । हाल इलेक्ट्रिकल, सेनिटरी, खानेपानी तथा पेभमेन्टको काम भैरहेको जानकारी समितिका कार्यकारी निर्देशक गजुरेलले गराए ।

सुक्खा बन्दरगाह चीन र नेपाल सरकारमार्फत समितिलाई हस्तान्तरण भए पश्चात सञ्चालनमा ल्याइने कार्यकारी निर्देशक गजुरेलले बताए ।

चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकारबीच २०१४ अक्टुबर १६ मा समझदारी र अर्थ मन्त्रालयसँग २०१५ अप्रिल १० मा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो ।

रसुवाको गोसाईकुण्ड गाँउपालिका–१ टिमुरेमा २०७६ वैशाखदेखि चीन र नेपाल सरकारबीच इम्पिमेन्टेसनमा हस्ताक्षर भएको थियो ।

सुक्खा बन्दरगाह निर्माणका लागि २०७९ फागुनमा पुरक सम्झौता भएको होे । करार सम्झौताअनुसार आयोजनाको अवधि २०८२ जेठ २४ सम्म रहेको छ ।

सुक्खा बन्दरगाह कूल ५० हजार ९ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।

सुक्खा बन्दरगाह क्षेत्रमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेशन सेड, क्यान्टिन, प्रशासनिक भवन, ३०० सवारी साधन अट्ने पार्किङ्ग लगायतका भौतिक संरचनाहरुको निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट