२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बयान दिएर बाहिरिने क्रममा रविले भने : ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवामा लगिएको छ । सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका सभापति लामिछानेको बयान आज नसकिएपछि भोलि पनि हुने भएको छ ।

लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिइएको थियो ।

आज रुपन्देहीमा पहिलो दिनको बयान सकेर निस्कने क्रममा लामिछानेले बाघलाई खोरमा थुन्दैमा स्याल नहुने बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकतिर फर्किएर हात हल्लाउँदै रविले भने, ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन ।’

रविलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ । उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट