logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ यूट्युबमा सार्वजनिक

    भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ यूट्युबमा सार्वजनिक

    462
    Shares
    भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ यूट्युबमा सार्वजनिक

    काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ यूट्युबमा सार्वजनिक भएको छ । १३ वर्षअघि निर्माण भएको यो फिल्म बुधबारदेखि यूट्युबमा उपलब्ध भएको हो ।

    फिल्म यूट्युबमा उपलब्ध भएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत गायक तथा अभिनेता सत्यराज आचार्यले दिएका छन् ।

    प्रशान्त रसाइलीले निर्देशन गरेको यस फिल्ममा लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको छ ।

    उनले लेखेका छन् – ‘हाम्रो चलचित्र ‘आचार्य’ आजबाट तपाईंहरुको चलचित्र भएको छ है १ । अब जहाँ, जसरी अनि जतिबेला भए पनि मज्जासँग आनन्दले हेर्न सक्नु हुनेछ ।’

    यो फिल्म १३ वर्षअघि २०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको  थियो भने फिल्म ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो ।

    यो फिल्मलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको सत्यराज आचार्यले बताएका छन् ।

    ‘यो फिल्म हाम्रो बुवा दिवंगत भक्तराज आचार्यलाई एउटा श्रद्धाञ्जलि पनि हो । बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौं । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनु हुनेछ’, गायक सत्यराजले भनेका छन् ।

    यो फिल्ममा सत्यराज पिताको भूमिकामा छन् । फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ ।

    फिल्ममा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।

    गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend