काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालको हस्तकला क्षेत्रको विस्तार, प्रवर्द्धन तथा विकासका विषयमा छलफल गर्न नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे भेटवार्ताको समय तय गरिएको छ । नेपाली हस्तकलाका उत्पादनहरूलाई प्रवर्द्धन, निर्यातमा देखिएका समस्या सुल्झाउने र यस क्षेत्रलाई प्रविधिमैत्री एवं आधुनिक बजारसँग जोड्ने विषयमा केन्द्रित रहेर कुराकानी हुने बताइएको छ।
छलफलमा महासंघका तर्फबाट अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस