२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

बागमती सरकारबाट एमाले बाहिरियोः ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

बुधवार , श्रावण ६, २०८३

मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएका छन् । मन्त्रीहरूको राजीनामासँगै एमालेले बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत औपचारिक रूपमा फिर्ता लिएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई पठाएको पत्रमा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै पार्टीको निर्णयअनुसार सरकारमा सहभागी सबै मन्त्रीहरूले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा दिने मन्त्रीहरूमा मधुसुदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे छलफल भएपछि पार्टी नेतृत्वको स्पष्ट निर्देशनअनुसार मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । गत २०८१ साउनदेखि सञ्चालनमा रहेको नेपाली कांग्रेस र एमालेको गठबन्धन भत्किएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन् । 

एमालेले समर्थन फिर्ता लिएपछि अब संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट पुनः विश्वासको मत लिनुपर्नेछ ।

a8636f32-fed4-4e2f-a8dc-d3dbb5f023a1.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट