सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

काभ्रेपलाञ्चोकमा बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान

काभ्रेपलाञ्चोकमा बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बिमा रकम प्रदान गरिएको छ ।

कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामुहिक विमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो ।

संस्थाले २५ किसानलाई सामुहिक पशु बिमा बापतको रु २६ लाख क्षतिपूर्ति वितरण गरिएको सहकारीका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिए । उनका अनुसार पशुको क्षति मूल्याङ्कन अनुसार पाँच वटा पशुचौपाया क्षति भएको स्थानीय किसान सुमित्रा थापाले रु चार लाख १८ हजार रकम पाएका खछन् । क्षतिको मुल्याङ्कनमा कम बिमा रकम पाउनेमा रु ३० हजारस्म्म पाएका थिए ।

सहकारीले विपद्मा किसानको पशुचौपाया क्षतिमा सहयोग गर्न सकेकोमा खुसी भएको बाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका हुमागाईंले बताए । उनका अनुसार संस्थाको विपद् कोषमा रु एक करोड २० लाख बिमा रकम सञ्चित रहेको छ ।

संस्थाले रु एक लाख बिमा बराबरको वार्षिक रु एक हजार दुई सय किसानबाट उठाउने गरेको छ । संस्थाले उक्त क्षेत्रका तीन सय विपद् प्रभावित नागरिकलाई सुरक्षित खानेपानीका लागि आधुनिक फिल्टरसमेत वितरण गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend