logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ आयोजना गर्दै

    गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ आयोजना गर्दै

    112
    Shares
    गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ आयोजना गर्दै

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१ ‘ आयोजना गर्दैछ । मंसिर ८ गते शनिबार रोड रेस कम्पिटिसन आयोजना गर्न लागेको हो ।

    विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको जनाएको हो । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।

    खुल्लातर्फको १० किलोमिटर रोड रेस कम्पिटिसन २०८१ मा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर रोड रेस कम्पिटिसन २०८१ मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।

    गरिमा रोड रेस कम्पिटिसन – २०८१ को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिस्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ ।
    बलप ब्म

    गरिमा रोड रेस कम्पिटिसन -०८१ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मिति २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट https://www.garimabank.com.np/ तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।

    २०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाडौंमा गरिमा रोड रेस कम्पिटिसन २०८१ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको छ ।

    काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend