२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एलजीको नानोसेल टिभी सार्वजनिक

बिहिवार , मंसिर ६, २०८१

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ।

यो नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीको भनाइ छ । जसमा ३२" देखि ८६" सम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन् ।

एलजीको नानोसेल टिभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्विरको गुणस्तरमा क्रान्ति ल्याएको कम्पनीको भनाइ छ।

यसबाहेकक विभिन्न फिचर भएका उक्त टिभी ग्राहकहरूले एलजी शपि स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, इ-कमर्स साइट cgdigital.com.np र नेपालभरि विस्तृत डिलर नेटवर्क मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट